नियम
गैर सरकारी क्षेत्रमा पशु वधशालाको स्थापना

(१) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले इजाजतपत्रका लागि योजनाको प्रस्ताव र स्थानीय तहको सम्बन्धित बडा कार्यालयको सिफारिस सहित अनुसूची–१ बमोजिमकोढांचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले सो विषयमा आवश्यक जा“चबुझ गरी आप्नो राय सहित त्यस्तो निवेदन प्राविधिक परामर्शका लागि विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएपछि विभागले आवश्यक अध्ययन गरी प्राविधिक परामर्श सहित सम्पूर्ण कागजात सम्बन्धित कार्यालयमाफिर्ता पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम विभागबाट प्राप्त प्राविधिक परामर्शकोआधारमा पशु वधशाला स्थापना र सञ्चालन गर्न दिन उपयुक्त देखिएमा कार्यालयले एक हजार रुपैया“ दस्तुर लिई निवेदकलाई अनुसूची–२ बमोजिमको ढांचामा इजाजतपत्र दिनु पर्नेछ ।
(५) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आपूले स्थापना र सञ्चालन गरेको पशु वधशालाको लागि ऐन र यस नियमावली बमोजिम आवश्यक मासु निरीक्षकको व्यवस्था आफैले गर्नु पर्नेछ ।
(६) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि स्थापना भएका पशुवधशालाले समेत यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र इजाजतपत्र लिइ सक्नु पर्नेछ ।